सर्पदंशका कारण बालकको मृत्यु

२३ भाद्र २०६९, शनिबार ११:१३ मा प्रकाशित

 चन्द्रकान्त खनाल / रुपन्देही, २३ भदौ । पहाडी जिल्लामा भन्दा तराइका जिल्ला सहज र सुगम हुन्छन् भनिन्छ । तर, पहाडि जिल्लाभन्दा कम बिकट छैन रुपन्देही पनि । यही बिकटताका कारण रुपन्देहीको मर्चवारमा उपचार नपाई एकजना बालकको मृत्यु भएको छ । ४ बर्षिय बालकलाई सर्पले डसेर उपचारको अभावमा उनको मृत्यु भएको हो । घरमा सुतिरहेको अवस्थामा करेत जातको सर्पले डस्दा एम्बुलेन्स र उपचार खर्चको अभावमा उनको मृत्यु हुन पुग्यो । नेपाली भुमि भए पनि  भारतीय क्षेत्रनजिक रहेको रुपन्देहीको मर्चवार क्षेत्रमा एम्वुलेन्स नभएको कारण  प्राथमिक स्वास्थ केन्द्रमा उपचारार्थ लैजान नसकी सिमानाकै एक मेडिकल पसलमा उपचार गराउंदा उनको मृत्यु भएको बाबु जगदिश कसैधनले बताए । सरकारले स्वास्थमा सबैको पहुंच भएको बताईरहेको अवस्थामा सर्पदंशको शिकार बनेका बालकको यसरी मृत्यु भएको छ । भैरहबावाट मर्चबारको रायपुर २५ किमी दूरीमा रहेको छ । उता मर्चवार क्षेत्रमा रहेको रायपुर प्राथामिक स्वास्थ केन्द्रमा फ्रिजको अभावमा स्नेक एन्टी भेनस नभएको केन्द्रका डा. सुनिल उपाध्याय बताउंछन्  ।  

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर