सडकबाट मागेको भरमा प्रधानमन्त्रीले कुनै पनि हालतमा राजिनामा नदिने सुनिलको दावी

४ चैत्र २०६८, शनिबार १७:५१ मा प्रकाशित

काठमाडौं,४ चैत । प्रधानमन्त्रीका प्रमुख राजनितिक सल्लाहकार देवेन्द्र पौडेल सुनीलले सडकबाट कसैले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन।
रिपोर्टर्स क्लव नेपालले शनिवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा पौडेलले प्रधानमन्त्रीको राजीनामा माग्दै आफ्नै दलको वैद्य पक्षले सडक आन्दोलनको घोषणा गरेकोमा आक्रोश पोख्दै भने,प्रधानमन्त्रीको राजीनामा माग्नु मुलुकलाई पुनः द्धन्द्धमा होम्ने षडयन्त्र हो। आफ्नै दलको सरकारको राजीनामा माग्नुृ गैरजिम्मेवारी र अपरिपक्वता हो।’
उनले लाखौं जनताको आँंशु, रगत र पसिनाबाट खर्चेर बनेको पार्टी र सरकारलाई राष्ट्रघाती भन्नु अराजकता र मुखर्ता भएको बताए। ‘बाबुरामजीलाई पहिलेदेखि नै राष्ट्रघाती भन्नेहरु थिए। अहिले त्यसैको पुनरावृत्ति भएको छ, पौडेलले भने, राष्ट्रिय सहमतिको आधार नबनेसम्म र अविश्वासको प्रस्ताव पारित भएको अवस्थामा बाहेक प्रधानमन्त्रीले कुनै पनि हालतमा राजीनामा नदिने स्पष्ट पार्दै  सडकबाट राजीनामा माग्नु भन्दा अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिए। उनले वैद्य पक्षलाई कुन मन्त्रालय चाहिएको हो,त्यसबारे छलफल गर्न सरकार तयार रहेको पनि बताए। प्रधानमन्त्री भट्टराईले राजीनामा दिए अर्काे प्रंधानमन्त्री खोज्दैमा जेठ वित्ने दावी गर्दै उनले भने,‘शान्तिप्रक्रिया टुंग्याउन अहोरात्रखटिरहेका बेला प्रधानमन्त्रीको राजीनामा माग्नु भनेको कंही नभएको जात्रा हांडीगाउँमा भनेजस्तै हो।
उनले प्रकास दाहालको अभियानलाई दुई करोड रुपैया दिने सरकारको निर्णयप्रति आफ्नो केही रिर्जवेशन भए पनि सरकारको निर्णय भने कुनै पनि हालतमा फिर्ता नहुने स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । ९ वैशाख ०७८ मा सर्वोच्च अदालतले आफैँ नगद दिएर रंगेहात घुसको मुद्दा दर्ता नगराउन आदेशपछि निष्क्रिय जस्तै छ

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३३० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

गलेश्वर। पहिले पहिले लेकबेँसी, गाउँ–सहर गर्ने बटुवाहरुको थकाइ मेटाउने थलो चौतारीहरु अहिले नासिँदै गएका छन् । गर्मीमा दौँतरीहरु बसेर शीतल

काठमाडौँ ।बजेट मार्फत कालोधनलाई सेतो बनाउने बाटो खोलेको भन्दै तीव्र आलोचना भएपछि अर्थमन्त्रालयले त्यसो गर्न नखोजिएको स्पष्ट पारेको छ। संसदबाट