भ्रष्ट नेता–कार्यकर्ताको सम्पत्ति जफत गर्ला एमाओवादीले ?

२३ भाद्र २०६९, शनिबार ०८:१३ मा प्रकाशित


काठमाडौं, २३ भदौ । आफ्ना पार्टीका नेताहरु सबैभन्दा बढी भ्रष्टाचारी भएको आरोप लाग्न थालेपछि कार्यकर्ताको दबावमा एनेकपा माओवादीले नेताहरुले आर्जन गरेको अकूत सम्पत्ति पार्टीको नियन्त्रणमा लिने भएको छ । पार्टीका नेतालाई व्यक्तिगत सम्पत्ति राख्न नदिइने नीतिअनुसार अकूत सम्पत्ति जफत गर्नेसम्मको निश्कर्षमा पुगिएको एमाओवादीका एक नेताले बताएका छन् । उनका अनुसार सर्वहारा पार्टी नै सबैभन्दा बढी पूंजीवादी पार्टीका नेता भन्दा पनि जघन्य अपराधसहित भ्रष्टाचार गरेको तथ्यांक आउन थालेपछि पार्टी बचाउन यस्तो निश्कर्षमा पुग्नु परेको हो । पार्टीका नेताहरुको आर्थिक स्थिति छानबिन गरिरहेको आयोगले अकूत सम्पत्ति आर्जन गर्ने नेताहरुलाई पार्टीबाट निलम्बन गर्नेसम्मको कारबाही सिफारिस गर्न लागिएको स्रोतले जनाएको छ ।
रातारात धनी हुने कार्यकर्ताको महत्वाकांक्षाले पार्टीलाई रसातलमा पुरयाउने अवस्था आएको र पार्टीले त्यस्तालाई कारबाही नगरे क्रन्ति गरेको पांच वर्ष नपुग्दै पार्टी सर्वनास हुने अवस्था आएको भन्दै ती नेताले चिन्ता व्यक्त गरे । माओवादीले गठन गरेको छानबिन आयोगमा ६५ वटा उजुरी परे पनि ती उजुरीमाथि निश्पक्ष छानबिन र आवश्यक कारवाही हुने–नहुनेमा सन्देह व्यक्त गर्दै एक उच्च तहका एमाओवादी कार्यकर्ता भन्छन्, ‘पार्टीले कारबाही गर्छ कि गर्दैन भनी गहन रुपमा वाच गरिरहेको छु, यदि अकूत आर्जन गर्न भ्रष्टहरुलाई कारबाही गरिएन भने पार्टीकै नेतृत्वको भण्डाफोरमा उत्रने छु ।’
साउनको पहिलो साता काठमाडौंमा भएको विस्तारित बैठकमा माओवादी नेताहरुको विलासी जीवनशैलीप्रति कार्यकर्ताले तिब्र आक्रोश व्यक्त गरेका थिए । अध्यक्ष प्रचण्डले पार्टीमा परेको उजुरी छानबिन गरी यथार्थ प्रतिवेदन छिट्टै बाहिर ल्याइने आश्वासन कार्यकर्ताहरुलाई दिंदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार