कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार भीमबहादुर हुनुपर्ने आवाज

२३ भाद्र २०६९, शनिबार ०८:१० मा प्रकाशित


काठमाडौं, २३ भदौ । कांग्रेसले प्रधानमन्त्री पाए भीमबहादुर दाइलाई पधानमन्त्री बनाउनु पर्छ भन्ने वकालत गर्दै आएका वीपीपुत्र सशांक कोइरालाको भीमबहादुर तामाङप्रतिको श्रद्धाले यतिबेला नेपाली कांग्रेस पार्टीमा औपचारिक बहसको रुपमा प्रवेश पाएको छ । सशांकले दिने हरेक अन्तरवार्तामा भमिबहादुरको नाम छुट्दैन । उनले तीन महिनाअघि राजधानीमा आयोजित एक कार्यक्रममा पनि भीमबहादुर तामाङलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनु पर्ने प्रस्ताव राखेका थिए । त्यतिबेला उनको प्रस्तावलाई भावनात्मक रुपमा मात्रै हेरियो । तर, जब कांग्रेसका तीन शीर्ष नेताहरुबीच प्रधानमन्त्रीको कुर्सीलाई लिएर विवाद बढ्ने अवस्था पैदा हुन पुग्यो, सशांकको उक्त प्रस्तावले कांग्रेसको केन्द्रिय कमिटीमै प्रवेश पायो । आगामी राष्ट्रिय सहमतिको सरकार कांग्रेसको नेतृत्वमा बन्ने भए त्यतिबेला प्रधानमन्त्रीका उम्मेदवारका रुपमा पार्टीका तीन शीर्ष नेताको विकल्पमा स्वच्छ र इमानदार छविका नेता भीमबहादुर तामाङलाई बनाउनुपर्ने प्रस्ताव आएको छ । यस प्रस्तावसंगै तीन नेताबीच सहमति नजुट्नेवित्तिकै भीमबहादुर तामाङलाई नै प्रधानमन्त्रीका रुपमा अघिसारिनु पर्ने आवाज कांग्रेस कार्यकर्ताबीत चर्कैसंग उठ्न थालेको छ ।
कांग्रेसका एक प्रभावशाली नेताका अनुसार यस्तोे आवाज कांग्रेसका वर्तमान दोस्रो पुस्ताका नेताहरुबाट उठाइन थालेका हो । दोस्रो तहका नेताहरुको आन्तरिक बैठकमा भीमबहादुर तामाङलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघिसारिंदा उपयुक्त हुने निश्कर्ष निकालिएको ती नेताले बताए । उनका अनुसार कांग्रेस केन्द्रिय समितिको पछिल्ला बैठकहरुमा पनि उनीहरुले शीर्षनेतृत्वबीच सहमति जुट्न नसके भीमबहादुरलाई प्रधानमन्त्रीका रुपमा कांग्रेसको आधिकारिक उम्मेदवार घोषणा गर्न दबाव दिंदै आएका छन् ।
यस विषयमा नेता सशांकले भने, ‘यो मेरो भावनात्मक प्रस्ताव मात्र नभई व्यवहारिक तवरमै उपयुक्त हुने बुझेर अघिसारिएको प्रस्ताव हो, उहां अत्यन्त त्यागी र इमानदार पनि हुनुहुन्छ र जातीय मुद्दाको सन्तुलन मिलाउन पनि सक्नुहुन्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार