नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन

९ बैशाख २०७८, बिहीबार १३:५१ मा प्रकाशित

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा अनुसन्धान भइरहेको भन्दै सिनामंगलस्थित सुरिया हेल्थ केयरको लाइसेन्स अर्को सूचना नआएसम्मका लागि परीक्षण नगराउन भन्दै निलम्बन गरेको हो ।

मङ्गलवार महानगरीय प्रहरीले सुरिया हेल्थ केयर प्रालिका सञ्जालक डा. सिपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझीसहित ८ जनालाई पक्राउ गरेको थियो।

उक्त हेल्थ केयरले स्वाब नै नलिई महँगो मूल्यमा नेगेटिभ रिपोर्ट नक्कली दिने गरेको प्रहरीले जनाएको छ। यस्तै, सुरियामा कोरोना परीक्षण गराइ विदेश जान लागेका एक सयभन्दा बढी व्यक्तिलाई बुधवार विमानस्थलबाटै फर्काइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल