चेन्नइ शीर्ष स्थानमा

९ बैशाख २०७८, बिहीबार ०८:२१ मा प्रकाशित

काठमाडौं । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । बुधबार राति भएको खेलमा चेन्नइले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हाे ।

२ सय २१ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता १९.१ अ‍ोभमा २ सय २ रनमा समेटियो । ५ विकेट ३१ रनको स्थितिमा गुमाएको कोलकाताको पारीलाई दिनेश कार्तिक र आन्द्रे रसेलले ८१ रनको साझेदारी गर्दै १ सय १२ रनसम्म पुर्याए ।

रसेल ५४ तथा कार्तिक ४० रनमा आउट भए । यस्तै, प्याट कमिन्स ६६ रनमा अविजित रहे । कोलकाताका ४ जना खेलाडी शून्य रनमा आउट भए । कोलकातालाई कम स्कोरमा समेट्ने क्रममा चेन्नइका दीपक चाहरले ४, लुङ्गी एनगिडीले ३ तथा साम करनले १ विकेट लिए ।

यसअघि, मुम्बइस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय २० रन बनाएको थियो । चेन्नइका फाफ डु प्लेसिस र रितुराज गयकवार्डले पहिलो विकेटका लागि १ सय १५ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात गरे । प्लेसिस ६० बलमा ४ छक्का र ९ चौकासहित ९५ रनका नटआउट रहे । उनी शतक बनाउनबाट ५ रनले पछि रहे ।

यस्तै रितुराजले ६४, मोइन अलीले २५ तथा महेन्द्र सिंह धोनीले १७ रनको योगदान दिए । जितसँगै, चेन्नइ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चेन्नइको ६ अंक छ । एक खेल कम खेलेको बैंगलोर समान ६ अंक रहेपनि रनरेटमा पछि पर्दै दोस्रो स्थानमा रहेको छ भने दिल्ली तेस्रो स्थानमा छ । यसैगरी मुम्बइ चौथो, हैदरावाद पाँचौँ, कोलकाता छैटौँ, राजस्थान सातौँ र पञ्जाब आठौँ स्थानका रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित

लन्डन । म्यानचेष्टर युनाइटेड रोमालाई पराजित गर्दै युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई

लन्डन । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल

जोसे मोरिन्हो इटालियन क्लब रोमाको प्रशिक्षकमा नियुक्त भएका छन् । टोटनह्यामको प्रशिक्षकबाट बर्खास्त भएका जोसे केही हप्ता भित्रै रोमाको प्रशिक्षकमा