विद्यार्थीलाई ‘राहत’ दिने प्रधानमन्त्रीको प्रतिवद्धता

२२ भाद्र २०६९, शुक्रबार २१:५७ मा प्रकाशित

काठमाडौं, २२ भदौ । सरकारले पेट्रोलियम पदार्थमा मूल्य बढाएपछि विद्यार्थी संगठन यही भदौ १९ गतेदेखि आन्दोलनमा छन् । विद्यार्थी आन्दोलनलाई बीचैमा तुहाउनेका लागि प्रधानमन्त्री बाबुराम भट्टराईले विद्यार्थीलाई यथाशक्य चांडो रासन कार्ड र ग्यास तथा पेट्रोलियम पदार्थमा ३३ प्रतिशत छुट उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । अनेरास्ववियु (क्रान्तिकारी), संयुक्त लोकतान्त्रिक मधेसी मोर्चानिकट विद्यार्थी संगठन, नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसन तथा नेपाल विद्यार्थी परिवारलगायत आठ विद्यार्थी संगठनको संयुक्त ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री भट्टराईले विद्यार्थीसंग सरकारले गरेका पूर्वसहमति चांडै कार्यान्वयन गर्ने आश्वासन दिए । प्रधानमन्त्रीको यो आश्वासन पूरा हुनेमा भने प्रसस्त शंका रहेको विश्लेषकहरुको टिप्पणी छ

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले नागरिक अगुवाबाट दुई जनालाई मन्त्री बनाउँने सहमति गरेका छन् । प्रतिगमन विरुद्वका आन्दोलनमा सक्रिय

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पालिकास्तरीय निर्वाचनमा नवलपरासीमा महामन्त्री डा.शशांक कोइराला र नेता देवेन्द्रराज कँडेलको वर्चश्व देखिएको छ ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’लाई उपचारका लागि थाइल्याण्ड लगिने तयारी भएको छ । लामो समयदेखि जण्डिस

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन