अधिकांश क्षेत्रमा दिनभर वर्षा

सुदूरपश्चिम, कर्णाली, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा पानी परिरहेको र अन्य प्रदेशमा पनि केहीबेरमै पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ। पश्चिमी वायुको प्रभाव विस्तारै पूर्वतिर सरिरहेकाले पश्चिम र मध्य भागमा आज बेलुकादेखि मौसममा सुधार हुँदै जाने विभागले बताएको छ।
९ बैशाख २०७८, बिहीबार ०८:१९ मा प्रकाशित

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज दिनभरजसो नै पानी पर्ने विभागले बताएको छ । स्थानीय र पश्चिमी वायुको प्रभावका कारण आज बिहानदेखि नै पानी परिरहेको हो ।

सुदूरपश्चिम, कर्णाली, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा पानी परिरहेको र अन्य प्रदेशमा पनि केहीबेरमै पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ। पश्चिमी वायुको प्रभाव विस्तारै पूर्वतिर सरिरहेकाले पश्चिम र मध्य भागमा आज बेलुकादेखि मौसममा सुधार हुँदै जाने विभागले बताएको छ। आज दिउँसोतिर देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीका सम्भावनासमेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल