केही दिनमै ओली नेतृत्वको सरकार विस्थापित हुन्छ: सभापति देउवा

८ बैशाख २०७८, बुधबार १६:४८ मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको निरन्तरको वार्ता फलदायी भएको र अब केही दिनभित्रै मुलुकको राजनीतिले कोल्टे फेर्ने कांग्रेसले विश्लेषण गरेको हो ।

काँग्रेसको पूर्वपदाधिकारी तथा वर्तमान पदाधिकारीको बुधबार देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा देउवाले ओली सरकार ढाल्न तीन दलबीच सहमति नभइसकेको र अबको केही दिनमै राजनीतिले कोल्टे फेर्ने ब्रिफिङ गरेका हुन् ।

बैठकपछि पार्टीका एक शीर्ष नेताले आजको बैठकमा देउवा निकै उत्साहित हुँदै प्रस्तुत भएको बताएका छन् । देउवाले आफ्नो नेतृत्वमा छिट्टै सरकार बन्ने ब्रिफिङ गरेको बैठकपछि एक नेताले भने । बैठकमा देउवाले भनेका थिए, ‘चिजको विकास निकै क्लियर भइसक्यो । केही दिनमै अब राजनीतिले कोल्टे फेर्दैछ । निरन्तरको छलफल फलदायी बन्दै छ ।’

बैठकमा सहभागी स्रोतका अनुसार जसपाको एउटा समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै सघाउने अडान लिँदै आएपनि देउवाले अन्तिम सो पार्टीमा संकट आउन सक्ने भन्दै बैठकमा ब्रिफिङ गरेका छन् ।

देउवाले नेकपा माओवादीले ओली सरकारलाई दिँदै आएको समर्थन छिट्टै फिर्ता लिने पनि बताएका थिए । ‘माओवादीले औपचारिक रुपमै समर्थन फिर्ता लिन्छ, जसपा जसरी पनि हामीतिरै आउँछ’, देउवाको भनाइ थियो, ‘त्यसपछि ओलीविरुद्ध अविश्वास प्रस्ताव आउँछ, काँग्रेसकै नेतृत्वमा सरकार बन्छ । दुई–तीन दिनमा राजनीतिले कोल्टे फेर्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल