बुटवल भेलामा कांग्रेसले दर्शायो अडान

२२ भाद्र २०६९, शुक्रबार २१:२९ मा प्रकाशित


काठमाडौं, २२ भदौ । कांग्रेसका शीर्ष नेताहरुले संविधानका विवादित विषयहरुसहित प्याकेजमा सहमति भए मात्र संविधानसभाको पुनःस्थापनामा जान सकिने जनाएका छन् । राष्ट्रिय सहमतिको सरकार निर्माण नभएसम्म कुनै पनि विकल्पमा छलफलसमेत हुन नसक्ने कांग्रेस नेताहरुको भनाई छ ।
पाल्पाको तानसेनमा सुरु पश्चिमाञ्चलका महासमिति सदस्यहरुको भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै कांग्रेसका नेताहरुले सहमतिका विषयहरुलाई माअ‍ेवादीले रणनीतिका रुपमा लिन खोज्नेतर्फ सचेत रहनुपर्ने बताए ।
सभापति सुशील कोइरालाले माओवादीले पटक–पटक धोका दिएकाले उसको नियतमाथि नै शंका गर्नुपर्ने बताउनुभयो । कोइरालाले विगतका सहमति कार्यान्वयन गर्न माओवादीलाई आग्रहसमेत गर्नुभयो ।
वरिष्ठ नेता शेरबहादुर देउवाले संविधानका विवादित विषयमा सहमति भएपछि केही दिनका लागि संविधानसभा पुनस्र्थापना गर्नुपर्ने पक्षमा आफू रहेको बताउनुभयो ।
उपसभापति रामचन्द्र पौडेलले गतिरोध अन्त्यका लागि भएका पहल सकारात्मक भएपनि माओवादीले रणनीतिका रुपमा प्रयोग गर्नसक्नेतर्फ सचेत हुनुपर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले नागरिक अगुवाबाट दुई जनालाई मन्त्री बनाउँने सहमति गरेका छन् । प्रतिगमन विरुद्वका आन्दोलनमा सक्रिय

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पालिकास्तरीय निर्वाचनमा नवलपरासीमा महामन्त्री डा.शशांक कोइराला र नेता देवेन्द्रराज कँडेलको वर्चश्व देखिएको छ ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’लाई उपचारका लागि थाइल्याण्ड लगिने तयारी भएको छ । लामो समयदेखि जण्डिस

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन