भारतमा कोरोनाको व्यापक संक्रमण, अस्पतालमा अक्सिजन, औषधि र शैयाको अभाव

८ बैशाख २०७८, बुधबार ०८:०६ मा प्रकाशित

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितको संख्या बढेसँगै कोरोनाका कारण गम्भीर विरामी हुनेको संख्या पनि बढेको छ । कोरोना संक्रमणपछि गम्भीर प्रकृतिको न्युमोनिया भएका विरामीहरु अक्सिजन समेत अभाव हुन थालेको छ । अस्पताल पुर्‍याउन एम्बुलेन्स नपाउने, अस्पतालमा शैया र औषधि नपाएर मृत्यु हुनेको संख्या दिनप्रति दिन बढिरहेको समाचारमा उल्लेख छ ।

पछिल्लो २४ घन्टामा मात्रै भारतमा कोरोना संक्रमणका कारण २ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । भारतमा हालसम्म संक्रमणकै कारण मृत्यु हुनेको संख्या १ लाख ८२ हजार नाघेको छ ।

विश्वमै अमेरिकापछि दोस्रो बढी प्रभावित मुलुक भारतमा हालसम्म १ करोड ५६ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । दैनिक संक्रमितको संख्याका आधारमा भारत विश्वमै सबैभन्दा प्रभावित छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल