नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

७ बैशाख २०७८, मंगलवार १७:५५ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ८०५५ नमूनाको पिसिआर परीक्षण र ६८३ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट एक हजार ६ सय ६७ जना र एन्टिजेन विधिबाट ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा कूल संक्रमितको सङ्ख्या दुई लाख ८७ हजार ५६७ पुगेको छ। गत २४ घण्टामा २५१ जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७५ हजार ८०६ पुगेको मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार १०२ जना पुगेको छ । यस्तै देशभर ९२ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल