‘सरकारलाई माओवादी केन्द्रको समर्थन यथावत्’

७ बैशाख २०७८, मंगलवार १७:४० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय नगरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेता श्रेष्ठले भोलि दिउँसो १ बजे फेरि स्थायी कमिटी बैठक बस्नेगरी आजको बैठक सकिएको जानकारी दिए । उनले भने, ‘यो सरकारलाई हाम्रो समर्थन छैन, औपचारिक रूपमा समर्थन नरहेको कुरा लेखेर दिने भन्ने छ।’ यसबारे भोलि बस्ने बैठकमा थप छलफल हुने उनले बताए ।

माओवादी बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनेबारे छलफल गर्दै आए पनि ठोस निर्णय भने गर्न सकेको छैन । बैठकपछि नेता देवेन्द्र पौडेलले पनि सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल भए पनि कुनै निर्णय नभएको बताए ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल