दुई दिनभित्र माधव नेपाल एमालेमा नफर्किए कडा कारवाही !

७ बैशाख २०७८, मंगलवार १७:३८ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाललाई भने ५ बुँदे स्पष्टीकरण सोधेका छन् । ओलीले नेपालमाथि नयाँ राजनीतिक दल खोलेको आरोप लगाएका छन् । ओलीले माधव नेपाल दुई दिनभित्र एमालेमा फर्किने प्रतिबद्धता र प्रमाण नदिए कुनै पनि बखत कारवाही हुने चेतावनी समेत दिएका छन् ।

स्पष्टीकरणमा कर्णाली प्रदेशका प्रदेश सांसदहरुलाई उचालेको, भड्काएको र पार्टी अनुशासनहीन गतिविधि गर्न लगाएको आरोप लगाइएको छ भने । संघ र प्रदेशका गरी ३२ जनालाई मंगलबार छुट्टाछुट्टै पत्र पठाउँदै स्पष्टीकरण सोधेका हुन् ।

नेता नेपाललाई सोधिएको स्पष्टीकरणको प्रदेशसभामा प्रदेशसभाका सदस्यहरुलाई उचाल्दै, भड्काउँदै अनुशासनहीन अराजक एवं पार्टी विरोधी क्रियाकलाप गर्न दुरुत्साहन गर्ने, फ्लोर क्रस गरी पार्टीको ह्वीप उलंघन गर्दै मतदान गर्न निर्देशन दिनेजस्ता कुराहरु उल्लेख गरिएको छ । त्यस्तै अनुशासनहीन र अपराधिक कार्यसमेत गरे गराएकाले तपाईलाई पार्टी वा पार्टीको संसदीय दल परित्याग गरिएतापनि दल त्याग गरेको किन नभन्ने ?’ जस्ता प्रश्न पनि गरिएको छ ।

‘तपाईंलाई यसअघि पनि तपाईंका यस्तै क्रियाकलापहरूलाई लिएर स्पष्टीकरण सोधिएकोमा तपाईंले गल्ती महसुस गर्नुको सट्टा उल्टै मर्यादाहीन, झुठ्ठा र नसच्चिने उद्घोषसहितको उद्दण्ड जवाफ प्रस्तुत गर्नुभएको पृष्ठभूमिसमेत तपाईंलाई स्मरण गराउँदै यस्तै गतिविधिहरू कायम रहेमा तपाईंलाई जुनसुकै बेला पनि थप कडा कारवाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै यस्ता गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन यो स्पष्टीकरण पत्र लेखिएको छ ।’ पत्रमा भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल