नेदरल्यान्ड्ससँग नेपाल स्तब्ध

नेपालका सन्दीप लामिछानेले ४, करण केसी, कुशल मल्ल र अविनाश बोहराले एक–एक विकेट हात पारे । यसअघि, कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रनको योगफल बनाएको थियो ।
७ बैशाख २०७८, मंगलवार १७:३१ मा प्रकाशित

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय ७ रनको लक्ष्य नेदरल्यान्डले ३ बल बाँकी रहँदा पूरा गरेर विजयी भएको हो ।

नेदरल्यान्ड्सको जीतमा बास डि लिडले नटआउट ८१ रनको पारी खेले । यस्तै, बेन कुपरले ५५, पिटर सिलरले ३१ तथा टोबियस भिसेले १५ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले ४, करण केसी, कुशल मल्ल र अविनाश बोहराले एक–एक विकेट हात पारे । यसअघि, कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रनको योगफल बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२, दीपेन्द्र सिंह ऐरीले ६०, कप्तान ज्ञानेन्द्र मल्ले २० तथा कुशल मल्लले १८ रनको योगदान दिए ।

यस्तै सोमपाल कामी २१ र बिनोद भण्डारी ७ रनमा अविजित रहे । नेपाल र नेदरल्यान्ड्सको तीन खेलबाट समान ४ अंक भएपनि रनरेटका आधारमा नेपाल अघि रहेको छ भने नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ । मलेसियालले भने अहिलेसम्म कुनै खेल जित्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल