एमालेका ३२ सांसदको पद खोसिँदै

७ बैशाख २०७८, मंगलवार १३:५६ मा प्रकाशित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ३२ जना सांसदको पद खोस्न सूचि तयार पारेको छ । संघीय संसदका २७ जना र पाँच प्रदेशसासदसहित ३२ जना सांसदहरुलाई पदबाट हटाउने तयारी थालेको हो । पार्टी हितविपरित काम गरेको आरोपमा उनीहरुको पद खोस्ने तयारी गरेको हो ।

माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई दुई दिनको र अन्य सांसदलाई तीन दिनमा स्पष्टिकरण दिने निर्देशनसहितको पत्र आज वितरण गरिदैँछ । ‘स्पष्टिकरण सोधिने सांसदहरूको सूची गए राति तयार भएको बताइएको छ । चित्त बुझ्दो जवाफ नआएमा १० गतेको केन्द्रीय कमिटी बैठकबाट उनीहरुलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट पनि निश्कासन गरेको घोषणा गरिनेछ ।

कर्णाली प्रदेशमा पार्टीको निर्देशन उल्लंघन गर्ने पाँच जना सांसदलाई पनि उही ब्यहोराको कारबाही हुने भएको छ ।

नेकपा एमालेले कारबाहीका लागि तयार पारेको सांसदको नामावली यस्तो छ
१ माधवकुमार नेपाल
२ भीम रावल
३ सुरेन्द्र पाण्डे
४ घनश्याम भुसाल
५ पवित्रा निरौला
६ झपट रावल
७ मेटमणि चौधरी
८ यज्ञराज सुनुवार
९ जीवनराम श्रेष्ठ
१० झलनाथ खनाल
११ विरोध खतिवडा
१२ सोमप्रसाद पाण्डे
१३ भवानी खापुङ
१४ नारायण खतिवडा
१५ जयकुमार राई
१६ गणेश पहाडी
१७ दिपकप्रकाश भट्ट
१८ योगेशकुमार भट्टराई
१९ हिराचन्द्र केसी
२० पुष्पाकुमारी कर्ण कायस्थ
२१ कल्याणी खड्का
२२ लक्ष्मीकुमारी चौधरी
२३ सरलाकुमारी यादव
२४ कृष्णलाल महर्जन
२५ नीरादेवी जैरु
२६ मुकुन्द नेउपाने
२७ रामकुमारी झाक्री

कर्णाली प्रदेशका सांसदः
१ प्रकाश ज्वाला
२ नन्दसिंह बुढा
३ कुर्मराज शाही
४ अम्बरबहादुर थापा
५ देवी ओली

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल