एनआरएनले १० अर्ब पूँजी भित्राउने

७ बैशाख २०७८, मंगलवार ०८:२७ मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरआवसिय नेपालीहरुलाई नेपालमा पूँजीसँगै सिप र प्रविधि पनि भित्राउन आग्रह गरेका छन् । अर्थ मन्त्रालय र गैरआवसिय नेपाली संघको संयुक्त आयोजनामा भएको एनआरएन डेभलपमेन्ट फण्डको बारेमा भएको पत्रकार सम्मलेनमा उक्त आग्रह गरेका हुन् ।

नेपालमा लगानीको वातावरण भएको दाबी गर्दै उनले पूँजीसँगै विदेशको सिप र प्रविधि भित्राउन पनि जोड दिएका हुन् । अर्थमन्त्री पौडेलले सिके राउत र विप्लप जस्तो व्यक्तिहरु शन्तिपुर्ण राजनीतिमा आइसकेकोले नेपालमा लगानीको लागि जोखिम नभएको बताए ।

उक्त फण्ड नेपालको उद्यम व्यवसाय, यातायात, पूर्वाधार आदि क्षेत्रमा लगानी गर्नु पर्नेमा अर्थमन्त्री पौडेलले जोड दिए । १० अर्ब रुपैयाँको कोष बनाएर विभिन्न क्षेत्रमा लगानी गरिने भएकाे छ । त्यसमा सरकारको ५० करोड रुपैयाँ रहनेछ । गैरआवसिय नेपालीलाई लक्षित गरी छिटै आईपीओ निष्काशन गर्ने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल