भिमको ‘ओ माई लर्ड’ मा गरिमा

७ बैशाख २०७८, मंगलवार ०८:२६ मा प्रकाशित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ माई लर्ड’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

रोमाण्टिक भर्सनको यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक भिम श्रेष्ठको रहेको छ। यस गीतलाई शैलेन्द्र एम प्रधान ‘बाबु’ले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा गायक श्रेष्ठ र गरिमा शर्मा बीचको प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ। अर्जुन तिवारीले छायांकन गरेको यस गीतलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्। शान थापाको निर्देशनमा भिडियो तयार पारिएको हो। गायक श्रेष्ठको आधिकारिक च्यानल ‘भिम श्रेष्ठ अफिसिएल’ मार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार

काठमाडौं । गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । प्रगति देवकोटाको शब्द तथा सञ्जीव

काठमाडौं । गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीतसमेत गायक अधिकारीकै