पाल्पाको निस्दीमा जीप दुर्घटना, ७ जना घाईते

७ बैशाख २०७८, मंगलवार ०८:१२ मा प्रकाशित

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका वडा नं. ४ पिपलभन्ज्याङमा भएको जीप दुर्घटनामा ७ जना घाइते भएका छन् । घाईतेमध्ये २ जनाको अवस्था गम्भीर रहेका छन् । मित्याल रामपुर सडक खण्ड अन्तरगत कच्चि सडकमा खादारबाट रामपुरतर्फ जाँदै गरेको ग १ ज ५७११ नं. को जीप दुर्घटना भएको हो ।

दुर्घटनामा निस्दी गाउँपालिका ४ का ७० वर्षीय चुरा बहादुर सुनारी, ६४ वर्षीय फत्त सिंह ठाडाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य ५ जना सामान्य घाइते भएका छन । घाईतेहरुको रामपुर अस्पतालमा उपचार भईरहेको छ । ९ जना सवार रहेको उक्त जीप र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

जीप सडकदेखि करिब ५ मिटर तल खसेर सालको रुखमा अड्किएको हुँदा ठूलो क्षति नभएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल