नासाले उडायो मंगल ग्रहमा पृथ्वीबाट नियन्त्रित सानो हेलिकप्टर

७ बैशाख २०७८, मंगलवार ०८:०८ मा प्रकाशित

अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहमा एक सानो हेलिकप्टर सफलतापूर्वक उडाएको छ। इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा अडिएको थियो। तर नासाले त्यसलाई एउटा विमानमार्फत् अर्कै विश्वबाट पहिलो पटक नियन्त्रित र सञ्चालित उडान गरिएको बताएको छ।

मङ्गल ग्रहस्थित एक भू–उपग्रहमार्फत् पृथ्वीमा आएको सन्देशले हेलिकप्टरको सफल उडानको पुष्टि भएको हो । यो सफलतासंगै आउँदा दिनमा थप उत्साहप्रद उडानहरू गर्ने प्रतिवद्धता नासाले ब्यक्त गरेको छ ।

इन्जिनियरहरु इन्जेन्युएटीलाई अझै लामो समयसम्म र थप उचाइमा उडान गर्न आदेश दिने तयारीमा रहेका छन । यसबाट प्रविधिको सीमितताको परीक्षण गर्न सकिने उनीहरुले बताएका छ । उक्त हेलिकप्टरलाई नासाको पर्सिभिअरन्स रोभरले बोकेर मङ्गल ग्रह पुर्‍याएको हो। पर्सिभिअरन्स रोभर गत फेब्रुअरीमा रातो ग्रहको जेजेरो क्रेटरमा अवतरण गरेको थियो।

‘अब हामीले अर्कै ग्रहमा मानिसले हेलिकप्टर उडाएको भन्न सक्छौँ,’ नासाको इन्जेन्युएटी परियोजनाकी प्रबन्धक मीमी अङ्ले खुशी व्यक्त गर्दै भनिन्, ‘हामीले लामो समयदेखि मङ्गल ग्रहमा राइट ब्रदरको समय बारे कुरा गर्दै आएका थियौँ, र त्यो यही हो।’

विलबर र ओर्विल राइटले पहिलो पटक पृथ्वीमा सन् १९०३ मा नियन्त्रित र यन्त्रचालित विमान उडाएका थिए। इन्जेन्युएटीले ११७ वर्षअघि नर्थ क्यारोलाइनाको किटी हकमा ऐतिहासिक उडान गरेको उक्त विमान फ्लाएर १ को एउटा पङ्खाको सानो नमुना पनि बोकेको थियो।

उडानका तस्बिरहरू पहिलो पटक पृथ्वीमा आइपुगेपछि जेट प्रोपल्सन लबोरटरी (जेपीएल) को नियन्त्रण कक्षमा खुशी छाएको थियो। तस्विरमा मङ्गल ग्रहमा उडेको हेलिकप्टर करिब तीन मिटरमाथि उठेको, अडिएको, घुमेको र अवतरण गरेको देखिन्छ। उडेदेखि अवतरण गर्दासम्मको सबै समय करिब ४० सेकेन्ड लागेको छ।

रातो ग्रह भनिने मङ्गल ग्रहमा उडान सजिलो छैन। वायुमण्डल निकै पातलो छ। त्यहाँ पृथ्वीको वायुमण्डलको १ प्रतिशत घनत्व छ। जसले गर्दा उचाइ प्राप्त गर्न विमानको पङ्खालाई निकै कम अवसर मिल्छ अर्थात् पङ्खा धेरै घुम्नुपर्ने हुन्छ।

मङ्गल ग्रहमा न्युन गुरुत्वाकर्षणले सहयोग नै गर्छ तर जमिन छाड्न निकै काम गर्नुपर्छ। त्यसैले इन्जेन्युएटीलाई निकै हलुङ्गो बनाइएको थियो। विमानको पङ्खा घुमाउन ३५० वाट विद्युतीय शक्ति दिइएको थियो। त्यसकै भरमा उक्त उडानको निम्ति प्रतिमिनेट २५ सयभन्दा धेरै पटक पङ्खा घुम्न सक्ने बनाइएको थियो।

इन्जेन्युएटीसँग दुईवटा क्यामेरा छन्। श्यामश्वेतको प्रयोग यात्रा र जमिनको पहिचानमा हुन्छ। अर्को क्यामेरा रङ्गीन छ। आकाशमण्डल हेर्न त्यसले प्रयोग हुने बिबिसीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल