जनशक्तिबाट निश्कासनमा परेका बिष्ट राप्रपा नेपालको शीर्ष नेतृत्वमा

२२ भाद्र २०६९, शुक्रबार २१:१० मा प्रकाशित


काठमाडौं, २२ भदौ । पूर्व अनुमानअनुसार राष्ट्रिय जनशक्ति पार्टीका पूर्व महामन्त्री केशरबहादुर विष्ट राप्रपा नेपालमा प्रवेश गरेका छन् । एक साताअघि उनी जनशक्ति पार्टीबाट निश्कासनमा परेका थिए ।
राप्रपा नेपालद्वारा राजधानीमा शुक्रबार आयोजना गरिएको जनसभामा राप्रपा नेपालका अध्यक्ष कमल थापाले विष्टलाई पार्टी प्रवेश गराए । सोही कार्यक्रममा वरिष्ठ अभिवक्ता बालकृष्ण न्यौपानेलगायतका जनशक्ति पार्टीका दुई दर्जन नेता राप्रपा नेपाल प्रवेश गरेका थिए । विष्टलाई पदाधिकारीसरह मान्यता दिइएको र उनी शीर्ष नेतृत्वमै रहने राप्रपा नेपालले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस