नेपालले आज नेदरल्याण्ड्ससँग भिड्दै

७ बैशाख २०७८, मंगलवार ०७:५९ मा प्रकाशित

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-ट्‍वान्टी आइ सिरिजको तेस्रो खेल आज नेदरल्याण्ड्ससँग खेल्दैछ । यस सिरिजको फाइनलको यात्रा तय गरिसकेको नेपालले आज खेलिने खेलमा आफ्नो समर्थक बिनानै खेल्नुपर्नेछ ।

टियू खेल मैदानमा कोभिड- १९ को बढ्दो असरलाई कम गर्न नेपाल सरकारको दर्शकसहितको खेलकूद गर्न नपाइने आदेशसँगै त्रिकोणात्मक सिरिजमा दर्शक प्रवेशमा रोक लगाइने भएको हो ।

नेदरल्याण्ड्ससँगको पहिलो खेलमा नेपालले ९ विकेटको सानदार जीत निकालेको थियो भने हिजो सम्पन्न दोस्रो खेलमा पनि मलेसियालाई ९ विकेटले नै पराजित गरेको थियो ।

नेपाली टोलीका ओपनर कुशल भुर्तेलले जारी सिरिजमा लगातार दुई अर्धशतक बनाउन सफल भएका छन् । डबल राउण्ड रोबिन लिगको आधारमा खेलिएको त्रिकोणात्मक सिरिजमा नेपाल दुई खेलमा चार अंकसहित शीर्ष स्थानमा छ भने नेदरल्याण्ड दुई खेलमा दुई अंकसहित दोस्रो र मलेसिया अंकविहिन हुँदै पुछारमा रहेको छ । शीर्ष दुई टोलीबीच बैशाख ११ गते फाइनल खेल खेलिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । म्यानचेष्टर युनाइटेड रोमालाई पराजित गर्दै युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई

लन्डन । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल

जोसे मोरिन्हो इटालियन क्लब रोमाको प्रशिक्षकमा नियुक्त भएका छन् । टोटनह्यामको प्रशिक्षकबाट बर्खास्त भएका जोसे केही हप्ता भित्रै रोमाको प्रशिक्षकमा

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ । विराटनगरले