१२८१ कोरोना संक्रमित थपिए, थप ८ जनाको मृत्यु

६ बैशाख २०७८, सोमबार १८:२० मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन् । यो संख्या आइतबारको भन्दा झण्डै दुई सय बढी हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार ७ हजार १ जनामा गरिएको पीसीआर परीक्षणमा १२ सय २७ जनालाई संक्रमण पुष्टि भएको छ । यस्तै, ५४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा ६३४ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा मात्रै ५०५ जना, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म दुई लाख ८५ हजार ९०० जनालाई संक्रमण भएको मन्त्रालयले जनाएको छ । सोमबार सक्रिय संक्रमितको संख्या ७२५४ रहेको छ भने २४ घण्टामा २५५ जना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल