वेरुतमा नेपाली महिलाद्वारा आत्महत्या

२२ भाद्र २०६९, शुक्रबार २१:०८ मा प्रकाशित

काठमाडौं, २२ भदौ । लेवनानस्थित वेरुतमा एक साताभित्र दुई नेपाली महिलाले आत्महत्या गरेका छन् । घरेलु कामदारका रुपमा बेरुत पुगेका सोलुखुम्बु सल्यान ४ की २५ वर्षीया शान्ति राई र काभ्रेपलान्चोक पनौती–९ की रेनुका जर्घामगरले घरभेटीले दिएको पीडा खप्न नसकेर आत्महत्या गरेका हुन् । राहदानी नंबर ४४९४४५२ भएकी राईले गत मंगलबार र मगरले आइतबार आत्महत्या गरेको सम्बन्धित घरधनीले दाबी गरेका छन् । बेरुतको यन्तीजेस जदैहमा घरेलु कामदार रहेका यी दुई महिलाको हत्या हो कि आत्महत्या यकिन गर्न नसकेको बेरुतमा कार्यरत वैदेशिक रोजगार सामुदायिक संस्थाका विनोद उप्रेतीले बताएका समाचारमा जनाइएको छ ।
२ वर्षअघि बेरुतमा कार्यरत ती दुई महिलाको मृत्यु रहस्यमय भएको विनोदको कथन छ । घरमा काम गर्ने राईले पसलमा आत्महत्या गरेको देखाइनु रहश्यपूर्ण रहेको उनको भनाई छ । हत्यालाई आत्महत्या गरेको भन्ने र आत्महत्या गर्न बाध्य गराउने दुई घर धनीलाई कारबाही गर्न त्यहां कार्यरत नेपालीले माग गरेका छन् ।
मानसिक, शारीरिक र यौनशोषण तथा दुव्र्यवहारका कारण नेपाली महिला आत्महत्या गर्न बाध्य भएको बताइएको छ । उप्रेतीका अनुसार महिनामा १० भन्दा बढी यौनदुव्र्यवहारका निवेदन संस्थामा पर्ने गरेका छन् । ती मध्ये पीडा सहन नसकेर महिनामा २ जनाको मृत्युसमेत हुने गरेको छ । वैधानिक र अवैधानिक तवरबाट पुगेका गरी वेरुतमा ८ हजार ३ सय ३३ जना नेपाली महिला घरेलु कामदारका रुपमा कार्यरत रहेको अनुमान गरिन्छ । अधिकांशले मासिक सयदेखि १ सय ५० डलरसम्म पाउंछन् । मासिक तलब पनि उनीहरुले भनेका बेला पाउंदैनन् अर्कोतिर घरधनीले राहदानी खोसेर राख्ने गरेकाले चाहेको बेला नेपाल फर्कन पनि पाउंदैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले देशभर दैनिक ११ हजारसम्म कोरोना भाइरस संक्रमित पुग्‍नसक्ने प्रक्षेपण गरेको छ ।मंगलबार स्वास्थ्य पत्रकारहरुसँगको