पहिला विरोध गर्दै हिँड्ने ओली अहिले भारतकै टाङमुनि छिरे : देउवा

६ बैशाख २०७८, सोमबार १८:१६ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५२औँ स्थापना दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएको भन्दै ओलीलाई हटाउन खोजेको तर माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकोले त्यो सम्भव हुन नसकेको बताए ।

त्यस्तै उनले प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि जसपाले समर्थन गर्न लागेको तर्क गरे । पहिला भारतको विरोध गर्दै हिँड्ने प्रधानमन्त्री केपी शर्मा ओली अहिले भारतकै टाङमुनि छिरेको पनि उनले बताए । सभापति देउवाले कोरोना संक्रमण बढ्दै गएको भन्दै नेविसंघको यो कार्यक्रम नगर्न आग्रह गरेको बताए ।

सभापति देउवाले नेविसंघमा रहेको गुटबन्दीप्रति पनि आपत्ति जनाए । एउटै क्याम्पसमा तीन चारवटा समूह रहेको भन्दै देउवाले यस्तो अवस्थामा नेविसंघलाई अघि बढ्न गाह्रो हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल