अस्पतालमा काम गरिरहेका ७ जना डाक्टर पक्राउ

पक्राउ पर्नेमा रुकुम पश्चिमको चौरजहारी अस्पतालमा कार्यरत डा.दिपेन्द्र गौतमसहित ७ जना छन् । सीआईबीले यसअघि पनि ‘अपरेशन क्वाक’ सञ्चालन गरेर नक्कली चिकित्सकलाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याएको प्रहरीले जनाएको छ ।
६ बैशाख २०७८, सोमबार १५:०० मा प्रकाशित

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली डाक्टर’लाई प्रहरीले आज पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी सहकुल थापाले पश्चिम रुकुम लगायतका ठाउँबाट ७ जना नक्कली डाक्टरलाई पक्राउ गरिएको बताए ।

पक्राउ पर्नेमा रुकुम पश्चिमको चौरजहारी अस्पतालमा कार्यरत डा.दिपेन्द्र गौतमसहित ७ जना छन् । सीआईबीले यसअघि पनि ‘अपरेशन क्वाक’ सञ्चालन गरेर नक्कली चिकित्सकलाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याएको प्रहरीले जनाएको छ ।

उनीहरुले मेडिकल काउन्सिलको परीक्षामा सहभागी हुन नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने गरेको ब्यूरोको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल