ट्रकको ठक्करबाट मोटरसाइकल सवारको मृत्यु

२२ भाद्र २०६९, शुक्रबार १६:१३ मा प्रकाशित

काठमाडौ, २२ भदौ । धादिङ जोगीमारा–९ ज्यामिरेघाटस्थित पृथ्वीराजमार्गमा ना.४ ख ४२२२ नम्वरको ट्रकले बा.४९ प २८८७ नम्वरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल पछाडी बसी यात्रा गर्ने नवलपरासी जिल्ला अरुणखोला–४ बस्ने ३६ बर्षीय यमलाल सापकोटाको घटनास्थलमै मृत्यु भएको छ भने मोटरसाइकल चालक नवलपरासी पसौनी–९ बस्ने ३६ बर्षीय सुर्य प्रसाद पाण्डेको उपचारको क्रममा गजुरी अस्पतालमा मृत्यु भएको छ ।
यसैगरी कैलाली गेटा–३ महेन्द्र राजमार्गमा से १ त ३६३५ नम्वरको ट्याक्टर र से.२ प ७८९९ नम्वरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुंदा मोटरसाइकल चालक धनगढी नगरपालिका–३ चटकपुर बस्ने २६ बर्षीय घुमल रानाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल पछाडी बसी यात्रा गर्ने परिचय खुल्न नसकेका अंदाजी ३१ बर्षीय पुरुष व्यक्तिलाई उपचारको लागि सेती अंचल अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

वालिङ । स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक

म्याग्दी । म्याग्दी र यस वरपरका क्षेत्रमा नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव छ । जसका कारण देशभर हल्कादेखि भारी बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् जल तथा

तुलसीपुर । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल