एनआरएनए पोल्याण्डले घटायो सदस्यता शुल्क

६ बैशाख २०७८, सोमबार ०८:१८ मा प्रकाशित

पोल्याण्ड । एनआरएनए पोल्याण्डको २०२१-२०२३ को लागि पंजीकृत सदस्यता शुल्कमा पुनर्विचार गर्दे घटाएको छ।

एनआरएनए पोल्याण्डका महासचिव कविन्द्र सुवेदी “अन्य देशहरुको तुलनामा हामीले निर्धारण गरेको शुल्क केही बढि नै देखियो त्यसैले हिजो साँझ नै समितिको बैठक बसेर सदस्यता शुल्क घटाएका छौं,शुल्क घटाइएको परिमार्जनसहित सूचना पनि सार्वजनिक गरेका छौं।

हामीले सबैलाई जोड्ने प्रयास गरेको छ अब पोल्याण्डमा रहेका सम्पुर्ण नेपालीलाई एनआरएनएको सदस्यता लिन अनुरोध छ।हाम्रो फेसबुक पेज मार्फत सदस्यता प्राप्त गर्ने तरिका बताइएको छ,यदि कुनै समस्या भए सूचनामा दिइएका फोनमा सम्पर्क गर्न अनुरोध छ” भन्छन्।

एनआरएनए पोल्याण्डले एक सूचनामार्फत पंञ्जीकृत सदस्यता शुल्क १०० ज्लोती तोकेको थियो। तर अन्य देशको तुलनामा पोल्याण्डको सदस्यता शुल्क बढी भयो भन्दै प्रवासी नेपाली मञ्च पोल्याण्ड र विवेकशील साझा समिति पोल्याण्डले प्रेस विज्ञप्ति नै जारी गर्दे शुल्क घटाउन माग गरेपछि सदस्यता शुल्क ५० ज्लोती बनाएको हो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल