एनआरएनए पोल्याण्डको पंञ्जीकृत सदस्यता शुल्क घटाउन माग

५ बैशाख २०७८, आईतवार ०८:५० मा प्रकाशित

पोल्याण्ड । प्रवासी नेपाली मञ्च पोल्याण्डले गैरआवासीय नेपाली संघ पोल्याण्डको पंञ्जीकृत सदस्यता शुल्क घटाउन माग गरेको छ। प्रवासी नेपाली मञ्च पोल्याण्डका महासचिव मिनबहादुर पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा संघले तोकेको पंञ्जीकृत सदस्यता शुल्क १०० (एक सय) ज्लोती तोकेकोमा गम्भीर आपत्ति रहेको जनाएको छ।

विज्ञप्तिमा अन्य यूरोपको तुलनामा पोल्याण्डको पंञ्जीकृत सदस्यता शुल्क ४ गुणा तोकिनु संघको गैरजिम्मेवारपूर्ण काम हो, सदस्यता शुल्क सम्भव भए निशुल्क नभए पनि अति न्यून शुल्क पुननिर्धारण गरियोस् भन्दै यसका लागि पोल्याण्डमा क्रियाशील सम्पूर्ण संघ संस्था तथा सरोकारवाला पक्षहरूलाई ऐक्यबद्धता जनाइदिन भनिएको छ।

सदस्यता शुल्कमा पुनर्विचार हुन्छ: एनआरएनए
एनआरएनए पोल्याण्डका महासचिव कविन्द्र सुवेदी पंञ्जीकृत सदस्यता शुल्कको बिषयमा भन्छन् “बिगतका बर्षहरुमा पनि सदस्यता शुल्क १०० ज्लोती नै राखिएकोले अहिले पनि सोही शुल्क कायम गरिएको हो।अहिलेको महामारीको बेलामा शुल्क बढी पनि भयो होला र अन्य देशको भन्दा केही बढी पनि भयो होला । एनआरएनए पोल्यान्डको चाहाना सके सम्म पोल्याण्डमा रहेका सम्पुर्ण नेपाली लाई संस्थामा जोड्ने हाम्रो प्रयास छ तसर्थ शुल्कको बिषयलाई यथासम्भव छिट्टै पुनर्बिचार गर्नेछौँ यसकोलागि मेरो ब्यक्तिगत अग्रसरता रहनेछ ।”

अन्य देशमा कति छ सदस्यता शुल्क ?
एनआरएनए अस्ट्रियाका अध्यक्ष बिनोद चम्लागाई भन्छन् ” हाम्रो एनआरएनए अस्ट्रियाको अघिल्लो वर्ष पंञ्जीकृत सदस्यता शुल्क १० युरो थियो तर यो पटक ५ युरो छ । हाम्रो त सदस्यता निशुल्क बनाउने अभियान हो तर केन्द्रको विधि अनुसार ५ युरो सदस्यता शुल्क पठाउनु पर्ने भएकोले मात्र हामीले सो शुल्क लिएका हौं।एनआरएनए स्पेनका उपाध्यक्ष उत्तर राई एनआरएनए स्पेनले नविकरण र नयाॅ पंञ्जीकृत सदस्यता शुल्क १० युरो तोकिएको बताए। यसैगरि सबैभन्दा बढी पंजीकृत सदस्यता भएको एनआरएनए युके अध्यक्ष पुनम गुरुङका अनुसार युकेले १० पाउण्ड शुल्क निर्धारण गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकासहित विभिन्न सङ्घसंस्था तथा प्रतिष्ठित व्यक्तिले अमेरिकी सरकारका अङ्गहरुमार्फत कोभिड–१९ को कहरले प्रभावित नेपाललाई

काठमाडौं । गत साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार भारतलगायत

लन्डन । कोरोना संक्रमणले यो साता विदेशमा २३ जना नेपालीको ज्यान गएको छ । भारतमा २० र अन्य देशमा ३

काठमाडौं । परिवारको आवश्यकता पूरा गर्ने, छोराको उचित पालनपोषण गर्ने र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरब