बिमानस्थलका पसलेले ग्राहक ठगे

२२ भाद्र २०६९, शुक्रबार १५:१८ मा प्रकाशित

काठमाडौं, २२ भदौ । यात्राको क्रममा आपत परेर विभिन्न वस्तु किन्ने र सेवा लिने ग्राहकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रका पसलेले सामानमा बढी मूल्य लिने गरेको पाइएको छ । सरकारी अनुगमन टोलीले बुधबार त्रिभुवन विमानस्थलभित्रका पसलमा गरेको अनुगमनले यात्रुलाई ठगी गर्ने गरेको पाइएको हो । बाणिज्य विभागको नेतृत्वमा गएको टोलीले विमानस्थलभित्रका ६ वटा पसलको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा ती पसलेले तोकिएको अधिकतम खुद्रा मूल्यभन्दा दोब्बरमा सामान बिक्री गर्ने गरेको पाइएको छ । यसैगरी सेवा दिंदा पनि निकै बढी रकम असुलेको भटिएको टोलीमा सहभागी विभागका अधिकृत टीकाबहादुर थापाले बताए । उनका अनुसार उपभोक्तालाई ठगी गर्ने सबै पसलेलाई स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरण चित्तबुझ्दो नभए विभागले थप कारबाही अघि बढाउने छ ।
अनुगमनको क्रममा कुनै पनि पसलेले खरिद बिल देखाउन सकेका छैनन् । यसले उनीहरुले ठगीसंगै राजस्वसमेत छलेको आशंका गरिएको छ । कम्पनीहरुले प्िरन्ट गरेर तोकेको अधिकतम खुद्रा मूल्यमाथि नयां मूल्य टांसेर ग्राहकलाई ठगेको भेटिएको छ । यसैगरी धेरै पसलेले भाडा सम्झौतासमेत देखाउन सकेका छैनन् । यसले भाडामा समेत बदमासी भएको हुनसक्ने टोलीको ठहर छ ।
अनुगमन टोलीले विमानस्थल भित्रका नेपाल एन्टिक्स, क्लासिक मार्ट, एयरपोर्ट टी एन्ड कफी र न्यु कन्फेक्सनरी स्टोर्सलाई पत्र काटेर कागजपत्र स्पष्टीकरण दिन निर्देशन दिएको हो । यी पसलेले पानी, चाउचाउलगायत खाद्य एवं पेय वस्तु अधिकतम खुद्रा मूल्यभन्दा दोब्बरमा बेचेको पाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौं । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवा जति खाडीमा । तिनै युवाले

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैङ्कले आज सूचना प्रकाशित

काठमाडौं।कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९

आजको प्रमुख समाचार