‘बाफ्टा अवार्ड’ मा प्रियंका हट

५ बैशाख २०७८, आईतवार ०८:३२ मा प्रकाशित

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ । उक्त अवार्ड समारोहनमा उनका पति निक जोनस सहभागी भएका छन् ।

अवार्डको रेड कार्पेटमा पतिसँग देखिएकी प्रियंकाको पहिरनको चर्चा सामाजिक संजालमा भैरहेको छ । ७४ औं ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन अवार्ड आइतबार लन्डनको रोयल अल्बर्ट हलमा आयोजना भएको थियो । रेड कार्पेटमा खुलेको रातो ज्याकेट लगाएकी प्रियंका निकै हट देखिएकी थिइन् ।

प्रियंकाले रेड कार्पेटमा मिडियासँग कुरा गर्दै आफ्नो लण्डन यात्रा र नयाँ चलचित्रको बिषयमा पनि कुरा गरेकी थिइन् । यो अवार्डमा प्रियंकाले अभिनय गरेको चलचित्र ‘दि ह्वाइट टाइगर’का नायक गौरव उत्कृष्ट नायकको विधामा नोमिनेशनमा थिए ।

नायिका चोपडा लन्डनमा चलचित्र ‘सिटाडेल’को छायांकनमा व्यस्त छिन् । यो वेव सिरिजलाई रुसो ब्रदर्सले निर्देशन गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार

काठमाडौं । गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । प्रगति देवकोटाको शब्द तथा सञ्जीव

काठमाडौं । गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीतसमेत गायक अधिकारीकै