मुम्बइ शीर्ष स्थानमा

५ बैशाख २०७८, आईतवार ०८:२९ मा प्रकाशित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइले सनराइजर्स हैदरावादलाई १३ रनले पराजित गरेको हो ।

मुथैया अन्नामलाई चिदम्बरम स्टेडियम चेन्नइमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको मुम्बइले निर्धारित २० ओभरमा १ सय ५० रन बनाएको थियो । मुम्बइका क्वुइन्टन डि कोकले ४०, किरोन पोलार्डले ३५, रोहित शर्माले ३२, इशान किसनले १२ तथा सूर्य कुमार यादवले १० रनको योगदान दिए ।

१ सय ५१ रनको लक्ष्य पछ्याएको हैदरवादले २ बल बाँकी रहँदा सबै विकेट गुमाउँदै १ सय ३७ रन मात्र बनाउन सक्यो । हैदरावादका जोनी बेइस्ट्रोले ४३, डेविड वार्नरले ३६, विजय शंकरले २८ रनको पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

हैदरावादलाई सस्तैमा समेट्ने क्रममा मुम्बइका राहुल चहर र ट्रेन्ट बोल्टले समान ३-३ तथा जसप्रित बुम्राह र क्रुणाल पाण्ड्याले एक-एक विकेट लिए । जितसँगै मुम्बइ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बइको ३ खेलबाट ४ अंक छ । यस्तै, पराजित हैदरावादले अहिलेसम्म अंक जोड्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । म्यानचेष्टर युनाइटेड रोमालाई पराजित गर्दै युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई

लन्डन । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल

जोसे मोरिन्हो इटालियन क्लब रोमाको प्रशिक्षकमा नियुक्त भएका छन् । टोटनह्यामको प्रशिक्षकबाट बर्खास्त भएका जोसे केही हप्ता भित्रै रोमाको प्रशिक्षकमा

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ । विराटनगरले