भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ

४ बैशाख २०७८, शनिबार १६:५८ मा प्रकाशित

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९० नमुना परीक्षण गर्दा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए ।

कोरोना पुष्टि भएका अधिकांश बाँकेका रहेका छन् । जिल्लामा केही दिनयता दैनिक ठूलो संख्यामा संक्रमित थप भइरहेका छन् । नाकामा मात्र २५ जना कोरोना पोजिटिभ देखिएका छन् । बाँकेमा बाहिरी जिल्लाबाट उपचार गर्न आएका ९४ जनाको मृत्यु भइसकेको छ ।

शुक्रबार मात्रै भेरी अस्पतलामा १८३ वटा नमुना परीक्षण गर्दा १२७ मा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार पोजिटिभिटी रेट ६९.४ प्रतिशत रहेकोमा शनिबार ५५.७८ प्रतिशत देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल