‘समायोजन उत्साहजनक’

२२ भाद्र २०६९, शुक्रबार १५:१५ मा प्रकाशित

काठमाडौं, २२ भदौ । माओवादी लडाकुको चौथो डिभिजन नवलपरासीमा नेपाली सेनामा समायोजनका लागि १ सय २३ जनाले फाराम भरेकामध्ये ७२ जनाको भर्ना छनोट प्रक्रिया अन्तर्गत प्रारम्भिक छनोट सकिएको छ । नेपाली सेनाका कर्णेल लोकप्रकाश चन्दको नेतृत्वमा रहेको टोलीले उनीहरुको शुक्रबार भर्ना छनोट प्रक्रिया सुरु गरेको थियो । शुक्रबार बिहान भर्ना छनोट प्रक्रियामा सहभागी भएकाहरुको तीनसय मिटर दौड, सेटअप लगायतको प्रारम्भिक भर्ना छनोट प्रक्रिया सकिएको हो ।
समायोजन रोजेका लडाकुको भर्ना छनोट प्रक्रियामा उत्साहजनक सहभागिता रहेकाले यही भदौ २३ गतेसम्म मुख्यालय र सहायक शिविर हात्तीखोरको भर्ना प्रक्रिया सकिने माओवादी लडाकुको पुनःस्थापना, रेखदेख तथा समायोजन विशेष समितिका सदस्य सदानन्द कुर्मीले जानकारी दिए । अधिकृतस्तरबाहेकको भर्ना छनोट शिविरमै हुनेछ । अधिकृतको नेपाली सेनाले चितवनमा भर्ना लिने कर्णेल चन्दले जानकारी दिएका छन् ।
अधिकृतस्तरमा भर्ना हुनेको सङ्ख्या ३० जनाको हाराहारीमा रहेको चौथो डिभिजनका भाइस कमान्डर वासुदेव घिमिरेले जनाएका छन् । यहाँका ४ सय ८१ लडाकुले नेपाली सेनामा समायोजन प्रक्रिया रोजेका थिए । तिनमा ४३ महिला छन् । भर्ना छनोटमा रहेका लडाकु बिहानैदेखि शारीरिक अभ्यासमा जुट्ने गरेका छन् ।
नेपाली सेनामा भर्ना भएर मातृभूमिको रक्षा गर्ने अठोट लिएको दैलेखकी यमकुमारी पाण्डेले बताएकी छन् । साँझसम्म करिब २ सयको भर्ना छनोटका प्रारम्भिक काम सकिने विशेष समितिले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

काठमाडौं । घूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । घटना छानबिनका लागि जाँचबुझ समिति गठनबारेको

आजको प्रमुख समाचार