प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड नजाने

४ बैशाख २०७८, शनिबार ०८:५९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बैठक बोलाएको भन्दै प्रचण्ड आजको सर्वदलीय बैठकमा नजाने भएका हुन् ।

प्रचण्ड निकट एक स्थायी समिति सदस्यका अनुसार, सिंहदरवारमा बैठक बस्ने भयो भने प्रचण्ड सहभागी हुनेछन् । विगतमा एउटै पार्टीमा रहेर सहकार्य गरेका नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्डलाई शुक्रवार फोन गरी ओलीले बैठकको निम्तो दिएका थिए ।

ललितपुरको दक्षिणी भूभागस्थित कोन्ज्योसोम गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्न पुगेका प्रचण्डले आफू बालुवाटार नआउने बरु बैठक सिंहदरबारमा डाक्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

प्रचण्डले कार्यक्रममै आफूलाई प्रधानमन्त्रीले धेरैपछि फोन गरेको बताएका थिए । उनले आफू ललितपुरको दुर्गम गाउँ आएको यहाँको बाटो खराब भएको बताउँदै बनाइदिन प्रधानमन्त्रीलाई आग्रह गरेको पनि बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल