जुम मिटिङमा सांसद नाङ्गै देखिएपछि….

४ बैशाख २०७८, शनिबार ०८:५५ मा प्रकाशित

कोरोना भाइरसको प्रकोपसँग लोकप्रिय बनेको भर्चुअल मिटिङले बेलाबेलामा धेरैलाई हैरान बनाउने गरेको छ । विशेष गरेर मिटिङमा देखिने क्रियाकलाप विवादित हुने गरेको छ । नेपालमा पनि यसप्रकारका बेलाबेला घट्ने गरेका छन् ।

त्यस्तै घटना क्यानाडामा पनि घटेको छ । त्यहाँका एक सांसदको जुम मिटिङमा नभएको नाङ्गो उपस्थितिले सबैलाई तनावमा पारेको छ । जुम मिटिङमा ती सांसद आफ्नो गुप्ताङ्ग मोबाइलले छोप्दै क्यामेरा अगाडि आएका थिए । उनको यस कार्यप्रति त्यहाँस्थित महिला सांसदहरुले आपत्ति प्रकट गर्दै अशोभनीय र असैह्य हर्कत भनेका छन् ।

४० वर्षका विलियम अमोस क्यानाडाको क्यूबेकको लिबरल पार्टीका सांसद हुन् । उनी प्रधानमन्त्री जस्टिन ट्रुडोको पार्टीका तर्फका सांसद हुन् । प्रधानमन्त्रीले यस कार्यप्रति कुनै टिप्पणी भने दिएका छैनन् ।

जुम एममा भर्चुअल कन्फ्रेन्समा प्रश्नोत्तर कार्यक्रम चलिरहेको बेला बीच मै सांसद विलियमको क्यामेरा अन हुने बित्तिकै उनी बिना कपडा देखिएका थिए । अचानक विलियमलाई नाङ्गो देखेपछि अनलाइनमा भएका सबै सांसद अवाक बनेका थिए । उनी क्यूबेक र क्यानाडाको झण्डाको बीचमा नाङ्गै ठिङ्ग उभिएका देखिएका थिए ।

यस घटनालाई महिला सांसद क्लाउडे बेलेफियोलिले कडा प्रतिक्रिया दिइन् । उनले यो सहन सकिने घटना नभएको बताइन् । उनले सांसद भएर उचित कपडा लगाउने जस्तो सामान्य कुरामा ध्यान दिनुपर्ने बताइन् । उनले खास गरेर पुरुष सांसदहरुले टाई र ज्याकेटमा यस्ता बैठकहरुमा उपस्थित हुनुपर्ने जिकिर गरिन् । सांसद उनले कोही कट्टुमा त कोही हाफ पाइन्टमा यस्ता बैठकमा उपस्थित हुने गरेको बताउँदै यस्ता कार्य रोक्नु पर्ने तर्क गरिन् ।

सांसद विलियमले भने अचानक घटेको यस घटनाप्रति क्षमायाचना गरेका छन् । गल्ती गरेको जनाउँदै आफू यसका कार्यप्रति लज्जित भएको बताए । आफ्नो असावधानीले क्यामेरा खुल्लै रहेको र बैठक पश्चात आफू मिटिङको कपडा फेरेर जगिङ्गका लागि तयार हुँदै गर्दा यस्तो भएको बताए । उनले आगामी दिनमा यसप्रकारका गल्ती नदोहोर्याउने पनि प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल