पञ्जाबमाथि चेन्नइको सहज जित

४ बैशाख २०७८, शनिबार ०८:५४ मा प्रकाशित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा चेन्नइले पञ्जाब किङ्सलाई ६ विकेटले पराजित गरेको हो ।

पञ्जाबले दिएको १ सय ७ रनको समान्य लक्ष्य चेन्नइले १५.४ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । चेन्नइको जितमा मोइन अलीले ४७, फाफ डु प्लेसिसले ३३ तथा सुरेश रैनाले ८ रन बनाए । यसअघि, मुम्बइस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो ।

खराब सुरुवात गरेको पञ्जाबको पहिलो ओभरको चौथो बलमा मयंक अग्रवाल शून्य रनमा आउट भए । यस्तै, टोलीको स्कोर १५ रन हुँदा कप्तान लोकेश राहुल ५ रनमा रनआउट भए ।
पञ्जाबका शाहरुख खानले ४७ रन बनाउँदा झाइ रिचर्डसनले १५ तथा क्रिस गेल र दीपक हूडाले समान १०-१० रन जोडे । मोहम्मद शामीले ९, मुरुगन अश्विनले ६ रन बनाए ।

चेन्नइका दीपक चाहरले ४, साम कुरान, मोइन अली र ड्वेन ब्राबोले एक-एक विकेट लिए । प्रतियोगितामा पहिलो जित हात पारेको चेन्नइ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । चेन्नइ समान २ अंक भएपनि नेट रनरेटका आधारमा मुम्बइ, दिल्ली, राजस्थान, कोलकाता र पञ्जाबभन्दा अघि रहेको हो । तालिकाको शीर्ष स्थानमा ४ अंकसाथ बैंगलोर छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित

लन्डन । म्यानचेष्टर युनाइटेड रोमालाई पराजित गर्दै युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई

लन्डन । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल

जोसे मोरिन्हो इटालियन क्लब रोमाको प्रशिक्षकमा नियुक्त भएका छन् । टोटनह्यामको प्रशिक्षकबाट बर्खास्त भएका जोसे केही हप्ता भित्रै रोमाको प्रशिक्षकमा