बस दुर्घटनामा एकको मृत्यु

२२ भाद्र २०६९, शुक्रबार १४:५३ मा प्रकाशित

काठमाडौं, २२ भदौ । कोसी राजमार्गको इटहरी सेउती खण्डमा यात्रुबाहक बस अनियन्त्रित भई शुक्रबार पल्टिँदा एक यात्रुको मृत्यु हुनाको साथै २२ जना घाइते भएको प्रहरीले जनाएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीकाअनुसार इटहरीबाट धरानतर्फ जाँदै गरेको को १ ख १९६३ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई चारकोसे जंगल क्षेत्रको सेउती खोला छेउमा पल्टिंदा झापाका २५ वर्षीय किशोर दर्जीको मृत्यु भएको हो ।
दुर्घटनामा गंम्भीर घाइते दर्जीको उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लग्दै गर्दा मृत्यु भएको र दुर्घटनालगत्तै यात्रुको उद्धार गरेर प्रतिष्ठान पुर्‍याइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार