त्रिकोणात्मक टि २० क्रिकेट सिरिजको ट्रफी सार्वजनिक

४ बैशाख २०७८, शनिबार ०८:४१ मा प्रकाशित

नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच हुने त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मेलन गर्दै जर्मनीमा निर्मित सो ट्रफी सार्वजनिक गरेको हो । ट्रफी सार्वजनिक कार्यक्रममा नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, मलेसियाका कप्तान फैज अहमद र नेदरल्याड्सका कप्तान पिटर सिलार उपस्थित हुनुहुन्थ्यो । नेपालले शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उद्घाटन खेल नेदरल्याड्ससँग खेल्दै छ । डवल राउन्ड रोविनको आधारमा हुने उक्त प्रतियोगिता शीर्ष दुई टोली उपाधिका लागि खेल्ने छन् । फाइनल खेल यही वैशाख ११ गते हुने छ ।

नेपालले ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । टोलीमा मल्ल बाहेक दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप जोरा, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, साहब आलम, कमलसिंह ऐरी र सुशन भारी रहनुभएको छ । क्यानका प्रबन्ध निर्देशक रौनक मल्लले कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै सीमित दर्शकलाई मात्र मैदानमा दर्शकका रुपमा प्रवेश दिइने बताउनुभयो ।

पारसको स्थानमा सन्दीपले खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का घाइते भएपछि उहाँको स्थानमा सन्दीप जोरालाई खेलाइने भएको छ । खड्का आइतबार अभ्यासको क्रममा घाइते हुनुभएको थियो । उहाँ खेल्न असमर्थ हुनुभएपछि युवा खेलाडी जोरालाई टोलीमा समावेश गरिएको क्यानले जनाएको छ । फिल्डिङ गर्नेक्रममा खड्काको काँधमा चोट लागेको थियो । चिकित्सकले खड्कालाई केही साता आराम गर्न सल्लाह दिएका छन् । जोराले सन् २०१९ मा यूएइविरुद्धको टि २० खेलमा डेब्यू गर्दै विश्व कीर्तिमान बनाउनुभएको थियो । उहाँले उक्त खेलमा १७ वर्ष १०३ दिनको उमेरमा अविजित ५३ रन बनाउनुभएको थियो । जोराको नाममा टि २० मा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित

लन्डन । म्यानचेष्टर युनाइटेड रोमालाई पराजित गर्दै युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई

लन्डन । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल

जोसे मोरिन्हो इटालियन क्लब रोमाको प्रशिक्षकमा नियुक्त भएका छन् । टोटनह्यामको प्रशिक्षकबाट बर्खास्त भएका जोसे केही हप्ता भित्रै रोमाको प्रशिक्षकमा