आइफोन–५ सातादिनभित्र लन्च हुने सम्भावना

२२ भाद्र २०६९, शुक्रबार १४:३२ मा प्रकाशित


काठमाडौं, २२ भदौ । एप्पलले आगामी साता सन फ्रान्सिस्कोमा हुने एक समारोहमा आफ्नो नयां उत्पादन आइफोन–५ संस्करण पेस गर्ने सम्भावना छ ।
क्यालीफोर्नियाका प्रमुख प्रद्यौगिकी कम्पनी ‘द क्यूपर्टिनो’ले स्थानीय मिडियाहरुलाई १२ सेप्टेम्बरमा गरिने एक नयां उत्पादनको घोषणासभाका लागि आमन्त्रण पठाएबाट सो कार्यक्रम कतै आइफोन–५ नै सार्वजनिक गर्नका लागि आयोजना गरिएको त होइन भन्ने सवालका आधारमा यस्तो अनुमान गरिएको एजेन्सीहरुले जनाएका छन् । उक्त आमन्त्रणले संकेत गरेको छ कि कम्पनीले त्यही समारोहमा आइफोन– ५ लन्च गर्न सक्छ ।
नोकिया र मोटोरोला मोविलिटी पनि आफ्नो नयां स्मार्ट फोन लन्च गर्ने तयारीमा रहेबाट प्रतिष्पर्धात्मक बजारमा एप्पलले आफ्नो नयां संस्करण आइफोन–५ सार्वजनिक गर्नेपर्ने बाध्यतामा रहेको अनुमान गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ

जापानी अर्बपति युसाकु मेजावाले चन्द्रमा भ्रमण गर्नका लागि आठ जना सर्वसाधारणको खोजी गरिरहेका छन् । मेजावाले आफ्नो ट्वीटर अकाउन्ट मार्फत

सिड्नी । अष्ट्रेलियाले पहिलो पटक गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत सम्बन्धित समाचार संस्थालाई पैसा तिर्नु पर्ने कानुन पारित गरेको