फ्लोर क्रस गर्ने चार सांसदहरूमाथि कारबाही

शुक्रवार संसद्मा उपस्थित ३७ जना सांसदमध्ये माओवादीका १२, नेपाली काँग्रेसका ६ जना र नेकपा एमालेका माधवकुमार नेपाल–झलनाथ खनाल पक्षका नन्दसिंह बुढा, प्रकाश ज्वाला, कूर्मराज शाही र अमर थापाले पनि शाहीको पक्षमा हस्ताक्षर गरे । नेकपा एमालेका तीन जना मन्त्रीले राजीनामा दिएपछि शाही आफैले प्रदेश संसदबाट विश्वासको मत लिने निर्णय गरेका थिए।
३ बैशाख २०७८, शुक्रबार १८:३२ मा प्रकाशित

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही गर्न नेकपा प्रदेश कमिटीको संसदीय दलको बैठक बस्दै छ ।

अन्तिम समयमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले साथ दिने निर्णय गरेपछि शाहीले विश्वासको मत लिने निर्णय गरेका थिए । जसमा शाहीको पक्षमा २२ जना र विपक्षमा १७ जनाले हस्ताक्षर गरेका छन्।

शुक्रवार संसद्मा उपस्थित ३७ जना सांसदमध्ये माओवादीका १२, नेपाली काँग्रेसका ६ जना र नेकपा एमालेका माधवकुमार नेपाल–झलनाथ खनाल पक्षका नन्दसिंह बुढा, प्रकाश ज्वाला, कूर्मराज शाही र अमर थापाले पनि शाहीको पक्षमा हस्ताक्षर गरे ।

नेकपा एमालेका तीन जना मन्त्रीले राजीनामा दिएपछि शाही आफैले प्रदेश संसदबाट विश्वासको मत लिने निर्णय गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल