कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

३ बैशाख २०७८, शुक्रबार १८:२७ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका शाहीले विश्वासको मत मागेका मागेका थिए ।

उनलाई नेपाली कांग्रेसले विश्वासको मत दिएका थिए । सभामा ३७ जना सांसदले मत हालेका थिए । जसमा २२ मत शाहीले पाएका छन् । नेकपा एमालेले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन आएको भन्दै उनले सरकारलाई समर्थन गर्न पनि आग्रह गरेका थिए ।

सांसदहरुलाई मन्त्री शाहीले राजनीतिक संस्कार बसाल्न, एकताको सन्देश सिङ्गो देशलाई प्रवाह गर्नका लागि पनि सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए । प्रदेश सरकार निर्माण गर्दा तीव्र विकास, प्रदेशको आर्थिक समृद्धिको सपना देखेर सबै दलले प्रदेशमा कोही पनि प्रतिपक्ष नहुने प्रतिवद्धता जनाएको स्मरण गराउँदै उनले अहिले पनि त्यही अवस्थामा प्रतिवद्ध रहन दलहरुलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल