यसरी रचे शक्तिले विश्व किर्तिमान

२२ भाद्र २०६९, शुक्रबार १३:१२ मा प्रकाशित

काठमाडौं, २२ भदौ । नेपालका चर्चित क्रिकेट खेलाडी शक्ति गौचनले विश्व किर्तिमान कायम गरेका छन् । आईसीसी डिभिजन चारअन्तर्गत मलेसियाविरुद्धको खेलमा शक्तिले १० ओभरमा ८ मेडन राख्दै मात्र २ रन दिएर ३ विकेट लिएका थिए । शक्तिले वेष्टइण्डिजका पूर्वमिडियम पेसबलर फिल सिमन्सको २० वर्षे किर्तिमान तोडेका थिए । यसअघि सिमन्सले पाकिस्तानविरुद्ध १० ओभरमा ८ मेडन राख्दै ३ रन दिंदै चार विकेट लिएका थिए ।
शक्तिको यो उत्कृष्ट प्रदर्शनसंगै नेपालले आयोजक मलेसियालाई दस विकेटले पराजित गरेको थियो । तेह्रौं ओभरमा बलिङ गर्न आएका शक्तिले पहिलो ओभरमा १ रन दिएका थिए भने त्यसपछि लगातार सात ओभर मेडन फाकेका थिए । आठौं ओभरमा १ रन दिएका शक्तिले नवौं र दसौं ओभर पनि मेडन फालेर विश्व किर्तिमान बनाएका थिए ।
यसअघि सन २००६ मा भएको इरानविरुद्धको खेलमा शक्तिले पाच ओभरमा चार मेडनसहित एक रन दिएर पाच विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । गएराति सम्पन्न आईपीएल २०२१ को सातौं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्समाथि ३ विकेटको जित निकाल्दै अंक तालिकामा

रोयल च्यालेन्जर बेङलोरले इण्डियन प्रिमियर लिग (आइपीएल) मा लगातार दोस्रो जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई

नयाँदिल्ली । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग आईपीएलमा रोमाञ्चक जीत हात पार्दै विजयी सुरुवात गरेको छ । आईपीएलको चौधौं संस्करणको

चेन्नइ । कोलकाता नाइट राइडर्सले १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । १