डीसीमाथि राजस्थानको जित

३ बैशाख २०७८, शुक्रबार ०९:०२ मा प्रकाशित

नयाँ दिल्ली । गएराति सम्पन्न आईपीएल २०२१ को सातौं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्समाथि ३ विकेटको जित निकाल्दै अंक तालिकामा आफ्नो खाता खोल्न सफल भएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्ली २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रनमा समेटिएको थियो । दिल्लीको सुरुवाती ब्याटिङ खासै राम्रो हुन नसकेपनि कप्तान रिषभ पन्तले अर्ध-शतकीय कप्तानी पारी खेल्दै १४७ रनको साधारण योगफल बनाएका थिए ।

१४८ रनको लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको राजस्थानले १९ दशमलव ४ ओभरमा आफ्नो सात विकेट गुमाउँदै १५० रन बनाएपछि यो जित राजस्थानको हातमा गएको हो ।

राजस्थानका लागि जयदेव उनादकातले आफ्नो चार ओभरमा १५ रन खर्चिएर ३ विकेट लिंदै ११ रनको पारी खेलेवापत प्लेयर अफ द म्याच घोषित भए । राजस्थानले दिल्लीलाई पछिल्लो ६ खेलमा पहिलोपटक हराउन सफल भएको हो । आज साँझ चेन्नई सुपरकिङ्स र पञ्जाव किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित

लन्डन । म्यानचेष्टर युनाइटेड रोमालाई पराजित गर्दै युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई

लन्डन । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल

जोसे मोरिन्हो इटालियन क्लब रोमाको प्रशिक्षकमा नियुक्त भएका छन् । टोटनह्यामको प्रशिक्षकबाट बर्खास्त भएका जोसे केही हप्ता भित्रै रोमाको प्रशिक्षकमा