कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने

३ बैशाख २०७८, शुक्रबार ०८:५९ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने हुनु भएको छ ।

सत्ता साझेदार नेकपा एमालेले प्रदेशसभा सरकारलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शाही अल्पमतमा पर्नु भएको थियो । आफ्नो सरकार अल्पमतमा परेपछि संविधानमा भएको व्यवस्था बमोजिम मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिन लाग्नु भएको हो ।

मुख्यमन्त्री शाही नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसके अर्को सरकार गठन प्रकृया शुरु हुने छ । सरकारबाट बाहिरिएको एमालेले विश्वासको मत नदिने लगभग पक्का देखिन्छ ।

यसैबीच, नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक सीता नेपालीले आज बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ

काठमाडौं । वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक

काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज