एमाले–जसपा सत्ता सहकार्य पक्का

३ बैशाख २०७८, शुक्रबार ०८:५७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको छलफल सकारात्मक रहेको बताइएको छ । दिउँसो प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुरबीच छुट्टाछुट्टै कुराकानी भएको थियो । सो छलफलपछि साँझ पुनःकार्यदलस्तरमा विचारविमर्श भएको हो ।

भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको र सकारात्मक रहेको कार्यदलका सदस्यसमेत रहनुभएका प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो ।

जसपाले कारागारमा रहेका सांसद रेशम चौधरीको रिहाइ, टीकापुरलगायत अन्य घटनामा मुद्दा चलेकाको मुद्दा फिर्तालगायतका माग राख्दै आएको छ ।

कार्यदलमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भट्टराई सदस्य हुनुहुन्छ । यस्तै जसपाका नेता सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण जसपाकातर्फबाट कार्यदलमा सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना संक्रमण र मृत्युमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१३१६

काठमाडौं । नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउने निर्णय गरेको छ । काँग्रेस सभापति

काठमाडौँ । कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको छ । १८ दिनअघि अस्पताल भर्ना भएकी उनलाई केहीदिनपछि प्लाज्मा

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत