प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

२ बैशाख २०७८, बिहीबार १८:०३ मा प्रकाशित

काठमाडौं । सत्ता समीकरणबारे नेपाली कांग्रेस र माओवादी केन्द्रसँग वार्ता चलिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । भेटमा एमाले र जसपाका कार्यदलका सदस्यहरुको समेत उपस्थिति थियो । भेटमा सकारात्मक कुराकानी भएको कार्यदलका सदस्य डा. राजन भट्टराईले जानकारी दिए ।

जसपाले उठाउँदै आएका मागका सम्बन्धमा ठाकुरले प्रधानमन्त्रीसँग जिज्ञासा राखेका थिए । जसपाले उठाउँदै आएका मागका सम्वन्धमा सरकारले प्रक्रिया अघि बढाएको बताएका थिए । कार्यदलको बैठक आजै साँझ ५ बसेकाे छ । कार्यदलले जसपाले उठाउँदै आएका सांसद रेशम चौधरी लगायतका राजवन्दी रिहाई, संविधान संशोधन लगायतका विषयमा छलफल गरिरहेको छ ।

कार्यदलमा एमालेको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई छन् भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री परिषद् फेरबदल गर्नुभएको छ । उहाँले गत माघमा नियुक्त भएका मन्त्रीद्वय विमला

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ

काठमाडौं । वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक