एकै घरका तीन दिदीबिहिनी सगरमाथा आरोहणमा जाँदै

उनीहरुले २०२३ सम्ममा सातै महादेशका अग्ला हिमालहरु आरोहण गर्ने लक्ष्य राखेका छन् । यो २०२१ मा अफ्रिकाका किलिमञ्जरो, युरोपको एलब्रस र साउथ अमेरिकाका आकांकागवा आरोहण गर्ने लक्ष्य राखेका छन् । त्यस्तै, २०२२ मा नर्थ अमेरिकाका माउन्टेनाली र अष्ट्रेलियाका कार्सानपिरामिड र २०२३ मा अन्टार्टिकाका माउन्ट विन्सान आरोहणको लक्ष्यका साथ सगरमाथा आरोहण गर्न लागेका हुन् ।
२ बैशाख २०७८, बिहीबार १७:५९ मा प्रकाशित

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि दोलखाका एकै घरका तीन दिदीबहिनी जाँदैछन् । भोलि सगरमाथा आरोहणका लागि जान लागेका तीन दिदीबहिनीलाई सञ्चना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले शुभकामनासहित विदाई गरेका छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथासहित सबै महादेशका अग्लो शिखरहरुको आरोहण गरी विश्वमा नयाँ रेकर्ड कायम गर्ने उद्देश्य लिएका ‘थ्रि सिष्टर अन सेभेन समिट अभियान टोली’लाई विदाई गरिएको हो ।

गौरीशंकर गाउँपालिका–९ निवासी एकै परिवारका दिदीबहिनीहरु निमा जाङ्बुु शेर्पा, छिरिङ नाम्गे शेर्पा र दावा फुुटी शेर्पालाई मन्त्री गुरुङले नेपालको झण्डा दिँदै खादा लगाएर शुभकामना दिए ।

उनले भने, ‘तपाईँहरुको नयाँ रेकर्ड कायम गरी विश्वमाझ नेपालको मान, शान र प्रतिष्ठालाई अझै उचो बनाउने यस अभियानमा म सरकारको तर्फबाट र व्यक्तिगत तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछुु । बैशाख ३ गते सगरमाथा प्रस्थान गरी अभियान सुरु गर्नुअघि मलाई विदाई गर्ने अवसर प्रदान गर्नु भएकोमा आरोहण टोलीप्रति आभार व्यक्त गर्दछु ।’

आरोहणको नेतृत्व भने कान्छी बहिनी दावाफुटीले गर्दैछन् । उनी २४ वर्षकी भइन् । उनले यसअघि आमादव्लम हिमाल आरोहण गरिसेकी छन् । दावाफुटीको साथमा माइली दिदी ३० वर्षीया निमा जाङ्बु र साइली दिदी छिरिङ जानेछिन् । यो टोलीमा २०१८ मा सगरमाथा, कञ्चनजंघा र ल्होत्से हिमाल चढ्ने निमा हुन् । उनले २५ दिनमा तीनै हिमाल आरोहण गरेका थिए । कञ्चनजंघा हिमाल आरोहण गर्ने निमा पहिलो महिला पनि हुन् ।

उनीहरुले २०२३ सम्ममा सातै महादेशका अग्ला हिमालहरु आरोहण गर्ने लक्ष्य राखेका छन् । यो २०२१ मा अफ्रिकाका किलिमञ्जरो, युरोपको एलब्रस र साउथ अमेरिकाका आकांकागवा आरोहण गर्ने लक्ष्य राखेका छन् । त्यस्तै, २०२२ मा नर्थ अमेरिकाका माउन्टेनाली र अष्ट्रेलियाका कार्सानपिरामिड र २०२३ मा अन्टार्टिकाका माउन्ट विन्सान आरोहणको लक्ष्यका साथ सगरमाथा आरोहण गर्न लागेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल