नेपाल समूहविरुद्ध कठोर बन्दै ओली

एमालेभित्रको विवाद विदेशमा रहेका पार्टी कमिटीमा पनि देखिएको छ । खनाल–नेपाल समूहले मुलुकभित्र मात्र नभई विभिन्न १३ देशमा समानान्तर कमिटी घोषणा गरिसकेको छ । सो समूहले ६७ जिल्लामा समानान्तर कमिटी घोषणा गरिसकेको छ । ओलीले समानान्तर कमिटी निर्माण गरेर हिँडिरहेका नेपाल पक्षका नेताहरूलाई कारबाहीबारे थप निर्णय लिन वैशाख ६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनुभएको छ ।
२ बैशाख २०७८, बिहीबार ०९:३२ मा प्रकाशित

काठमाडौं । संस्थापन पक्षलाई चुनौती दिँदै समानान्तर समिति गठन गरिरहेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहसँग नेकपा एमाले संस्थापन पक्षसँग एकताको सम्भावना सकिएको नेताहरुले बताएका छन् । पार्टीभित्र आन्तरिक संघर्षमा जुटेको खनाल–नेपाल पक्षका पछिल्ला अभिव्यक्ति र गतिविधिले गर्दा एकता कायम राख्नुको औचित्य नभएको र त्यसको सम्भावना पनि टरेको निष्कर्ष ओली समूहको छ ।

दोस्रो तहका नेताहरुले एकताका लागि गरिएका कोसिस असफल हुँदै गएपछि दुवैतिरका सम्पर्क सूत्र केही दिनदेखि निराश देखिएका छन् । नेपाल पक्षले समानान्तर कमिटी बनाउन थालेपछि उनी दुवै पक्षका विश्वासपात्रको रूपमा रहेका नेताहरूले दुवैतिर सम्पर्क सूत्रको काम गर्दै आएका थिए ।

एमालेभित्रको विवाद विदेशमा रहेका पार्टी कमिटीमा पनि देखिएको छ । खनाल–नेपाल समूहले मुलुकभित्र मात्र नभई विभिन्न १३ देशमा समानान्तर कमिटी घोषणा गरिसकेको छ ।

सो समूहले ६७ जिल्लामा समानान्तर कमिटी घोषणा गरिसकेको छ । ओलीले समानान्तर कमिटी निर्माण गरेर हिँडिरहेका नेपाल पक्षका नेताहरूलाई कारबाहीबारे थप निर्णय लिन वैशाख ६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनुभएको छ ।

सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एमाले र नेकपा माओवादीको एकता खारेज गरी पुरानै अवस्थामा फर्काइदिएपछि तत्कालीन नेकपाभित्रको विवाद एमालेमा सरेको छ ।
एमाले अध्यक्ष ओलीले फागुन २८ गते आफू पक्षीय नेताहरू मात्र बोलाएर विधान संशोधन तथा नेपाल पक्षीय नेताहरूको जिम्मेवारी खोसेपछि विवाद चुलिँदै गएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ:  प्रधानमन्त्री केपी शर्मा ओलीले  आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने  पुष्टयाइँका लागि सोमबार प्रतिनिधिसभाको अधिवेशन बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ: नेकपा(एमाले)को विवाद मिलाउन आज नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीका तर्फबाट नेताहरु सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेलले

काठमाडौँ: नेकपा (एमाले) संघीय संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री एवम् नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीलाई

काठमाडौँ: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मजबुत पार्दै अघि बढ्ने कार्यमा सबैलाई सरिक हुन आग्रह गर्नुभएको छ