पाल्पामा कांग्रेसको भेला तथा प्रशिक्षण सुरु

२२ भाद्र २०६९, शुक्रबार १२:४० मा प्रकाशित


काठमाडौं, २२ भदौ । पश्चिमाञ्चल क्षेत्रका कांग्रेस महासमिति सदस्यहरुको भेला तथा प्रशिक्षण आज शुक्रबारदेखि तानसेन पाल्पाको नगरपालिका हलमा सुरु भएको छ । भेला तथा प्रशिक्षणकालागि सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा, उपभासपति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौला लगायतका नेता हिजै पाल्पा पुगिसकेका छन् चने पश्चिमाञ्चलका १६ जिल्लाबाट महासमिति सदस्यहरुको जमघट भैसकेको बताइएको छ ।
आयोजक नेपाली कांग्रेस पाल्पाका अनुसार भेला तथा प्रशिक्षण आज शुक्रबार र शनिबार तानसेनस्थित नगरपालिका हलमा हुनेछ । पाल्पाका सभापति बिरबहादुर रानाले दुई दिने भेलामा पश्चिमाञ्चलको १६ जिल्लाका २ सय ४५ महासमिति सदस्यको सहभागिता रहेको बताए । यस्तै, १७ जना विभिन्न भातृ तथा सुभेच्छुक संस्था र विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि साथै यस क्षेत्रका जिल्ला सभापतिहरुको भेलामा सहभागिता रहेको उनले जनाए ।
भेला तथा प्रशिक्षणले पार्टीलाई मजबुद बनाउने र संगठन सुदृढीकरणमा सहयोग पुग्ने सहभागी हुन आउनेहरुको कथन छ । प्रशिक्षणले पार्टी र संगठनका अगुवा कार्यकर्ताले निर्वाह गर्ने भूमिका, केन्द्रको रणनीति तथा भावी योजनाको बारेमा प्रष्ट पार्ने विश्वास लिइएको छ । अहिलेको संकट निकासका लागि पार्टी दिशाहीन हुन नहुने भएकाले भेला तथा प्रशिक्षणले नेतृत्वलाई स्पष्ट नीति र कार्यक्रम लिएर अघि बढ्न दबाब दिने केन्द्रीय सदस्य राजनप्रसाद पन्तले बताए । भेलामा मुलुकमा उत्पन्न समसामयिक राजनीतिक बिषय र संकटको निकासको लागि उपयुक्त बिकल्पबारे समेत छलफल हुने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा